Logo
१२ साउन २०८३, मंगलबार

खातामा प्यान र इमेल अपडेट गर्न एनआईसी बैंकको आग्रह

अक्षरपाटी
२०८२ माघ २८ , बुधबार ०६:०२ मा प्रकाशित

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकका अनुसार निक्षेपको ब्याजमा काटिएको करलाई ई–टीडिएस अभिलेखमा समावेश गर्न प्यान आवश्यक पर्ने भएकाले पोर्टल panupdate.nicasiabank.com वा ‘NIC ASIA MoBank’ एपमार्फत सक्दो चाँडो अपडेट गर्न अनुरोध गरिएको जनाएको छ।

नजिकको शाखा कार्यालयबाट पनि प्यान तथा इमेल विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।

प्यान अद्यावधिक नगरेका कारण कर विवरण समावेश नभएमा बैंक जिम्मेवार नहुने सूचनामा उल्लेख छ।

एनआईसी एशिया बैंक