



काठमाडौं। नेपाली सेनाले आज आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव देशभर विशेष कार्यक्रम आयोजना गरी मनाउँदै छ।
महाशिवरात्रिको अवसर पारेर मनाइने सेना दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिँदैछ। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्।
सेनाले महाशिवरात्रिको दिनलाई परम्परागत रूपमा सेना दिवसका रूपमा मनाउँदै आएको छ। यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँ, परेड, तोप बढाइँ, कवाज प्रदर्शनलगायत विभिन्न सैनिक कला तथा सांस्कृतिक प्रस्तुत गरिनेछ।
जङ्गीअड्डाअन्तर्गतका पृतना, बाहिनी, गण र गुल्महरूमा तथा कूटनीतिक नियोग र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ नेपाली सैनिक इकाइहरूमा पनि सेना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
शनिवार बेलुकी नेपाली सेनाले आफ्नाे वार्षिकोत्सवका अवसरमा दरबार मार्गमा गाैरवशाली गथासहितको कन्सर्ट आयोजना गरेको थियाे।

सेनाको इतिहास
र्तमान नेपाली सेनाको साङ्गठनिक स्वरूप वि.सं. १८१९ सालदेखि सुरु भएको मानिन्छ।
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि विभिन्न कालखण्डमा नेपाली सेनाले उल्लेखनीय, उदाहरणीय तथा कीर्तिमानी भूमिका निर्वाह गर्दै आएको छ।
वदेशभक्ति, समर्पण र आम नेपाली जनताको हितलाई केन्द्रमा राखी सम्पादन गरिएका गौरवशाली कामका कारण सेनाले नागरिकस्तरमा दृढ आस्था र विश्वास कायम गर्न सफल भएको छ।
सेना दिवस



