



धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) का उम्मेदवार लेखराज भट्टले कैलाली क्षेत्र नम्बर ४ मा चुनावी प्रचारप्रसार अभियानलाई तीब्र बनाउँदै लगेका छन् । उनले घरदैलो अभियानसँगै मतदाता भेटघाट, पार्टी संगठन परिचालनलाइ ब्यापक रुपमा अघि बढाउँदै लगेका छन् ।
एमाले उप महासचिवसमेत समेत रहेका भट्टका लागि उनको क्षेत्र नयाँ होइन् । उनी सो क्षेत्रबाट दुईपटक सांसदमा निर्वाचित भइसकेका व्क्ति हुन् ।
प्रचारप्रसारका क्रममा आज उनी मोहन्याल गाउँपालिकाको ५ मा घरदैलोसँगै वडा भेलामा सहधागी भएका छ्न् । उनले जनताको माग अनुसार काम गर्ने प्रतिवद्धतासहित मतदातासँग मतदान गर्न आग्रह गरे ।
खास गरी उम्मेदवार भट्टले सुरुवात गरेको राजीपुर–बालुवागडा–खनैया ताल सडक आफ्नो पहिलो प्राथमिकता रहेको बताए । जनताको माग पनि त्यही थियो प्रचार प्रसार विभाग सदूरपश्चिम प्रदेशका प्रमुख भागरथी विष्टले भनिन त्यसलाई हामीले पूरा गर्छौ ।
उनले भनिन् भट्ट एमालेका मात्रै नेता होइनन्, समग्र सुदूरपश्चिमका नेता हुन् । त्यसैले उहाँको जितमा कुनै शंका छैन । जनताले फेरी एक पटक उहाँलाई उहाँले गरेको कामको मूल्यांकन गर्नुहुन्छ भनेका छन् ।
सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ४ का इन्चार्ज सन्तोष शर्मा थापा लगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थियो ।




