

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटकभन्दा बढी नबन्ने प्रावधान लागू गर्ने घोषणा गरेका छन्। कांग्रेसको चुनावी प्रतिज्ञा तथा सवाल–जवाफ कार्यक्रममा उनले यो नीति सार्वजनिक गरेका हुन्।
थापाले अब कांग्रेसले संवैधानिक आयोग, विश्वविद्यालय लगायत सरकारी निकायमा दलीय भागबन्डा नखोज्ने प्रतिवद्धता जनाए। उनले पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्पसमेत व्यक्त गरे। यसअन्तर्गत २०४८ सालपछि सार्वजनिक पदमा आएकाहरूको सम्पत्तिको छानबिन गरिने प्रस्ताव उनले अघि सारे।
उनले संघीय सरकारमा १६ र प्रदेशस्तरमा ६ वटा मन्त्रालयको सीमा निर्धारण गरिने बताए। गठबन्धन मिलाउनुपर्छ भन्दै मन्त्रालय संख्या बढाउन नपाइने नियम पनि लागू हुने उनले बताए।
गगन थापा नेपाली कांग्रेस



