Logo
२६ फागुन २०८२, मंगलबार

काठमाडौंमा कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गर्ने बाजुराका युवक पक्राउ

अक्षरपाटी
२०८२ फागुन ७ , बिहीबार ०२:०२ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा कलेज जाने युवतीलाई लामो समयदेखि पछ्याएर आतंकित बनाउने युवक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाजुराको बडिमालिका नगरपालिका ३ घर भई काठमाडौं १४ सुनारगाउँ बस्ने २५ वर्षीय गोपाल खड्का रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार साँझ कुपण्डोलबाट उनलाई पक्राउ गरेको हो। कार्यालयका एसएसपी रामेश्वर कार्की का अनुसार खड्काले कुलेश्वर–कालिमाटी क्षेत्रमा बिहान कलेज जाने युवतीलाई पछ्याउँदै अश्लील व्यवहार र दुर्व्यवहार गर्ने गरेको उजुरी प्रहरीमा आएको थियो।

एक पीडित युवतीको उजुरीपछि प्रहरीले कालिमाटी–कुलेश्वर क्षेत्रका सीसी क्यामेरा फुटेज संकलन गरेको थियो। फुटेजमा देखिएको भिडियोको आधारमा प्रहरीले उनको पहिचान गरी पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार बिहानको समयमा कलेज जाने युवतीलाई पछ्याउँदै अशोभनीय व्यवहार गर्ने गरेको पाइएको छ। यसअघि पनि उपत्यकामा सार्वजनिक सवारीसाधनमा यस्तै प्रकारका दुर्व्यवहारका घटना सार्वजनिक भइसकेका छन्।

पक्राउ