Logo
२६ फागुन २०८२, मंगलबार

राजेश र उषाको अभिनयमा तयार भयो कृष्णको होली गीत

अक्षरपाटी
२०८२ फागुन १० , आईतबार ०६:०२ मा प्रकाशित

काठमाडौं। गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वर रहेको होरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

सुदूरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि कृष्ण र उनको टिमले होली गीत होरीका मार्फत देखाउन खोजेका छन्।

जसमा महानायक राजेश हमाल, पूर्वमिस नेपाल उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकीसहितको अभिनय देख्न सकिन्छ।

भक्तपुरका विभिन्न स्थानमा २ दिन लगाएर छायांकन गरिएको भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई नजिकबाट केलाउने काेसिस गरिएको निर्माण युनिटले जनाएको छ।

सुदूरको संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले लामो समयको प्रयासपछि होरी लिएर आएको निर्देशक सरोज खड्का बताउँछन्।

गीत हाेली