Logo
२१ फागुन २०८२, बिहीबार

दोलखामा एमालेको ‘जागिर कार्ड’ फेल भएको कांग्रेसको दाबी

अक्षरपाटी
२०८२ फागुन ११ , सोमबार १०:०२ मा प्रकाशित

दोलखा। एमालेले बाँडेको झुठा आश्वासन र जागिरको प्रलोभनलाई लत्याउँदै दोलखाका युवाहरू पुनः आफ्नै ‘पुरानो घर’ नेपाली कांग्रेसमा फर्किएका छन्।

गत साता एमाले उम्मेदवार पार्वत गुरुङले माथिल्लो तामाकोशी आयोजनामा जागिर लगाइदिने प्रलोभन देखाएर एमाले प्रवेश गराएका नेपाल तरुण दल लामाबगरका सचिव एवं सिंगटीका प्रभावशाली युवा नेता शान्त तामाङसहित चार जना युवाहरू आइतबार औपचारिक रूपमा कांग्रेसमा फर्किएका हुन्। बिजुला तमाङको पहलपछि युवाहरू कांग्रेसमा फर्किन तयार भएका हुन्।

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटीले उनीहरूलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन्। घर फर्किएलगत्तै युवा नेता शान्त तामाङले एमालेको भ्रमपूर्ण राजनीतिको पर्दाफास गरे।

उनले भने, ‘एमालेले विकास र मुद्दाको राजनीति होइन, केवल प्रलोभन र झुठा आश्वासनको राजनीति गर्दो रहेछ। हामी केही समयका लागि भ्रममा पर्यौँ, तर अब दोलखा उत्तरमा कांग्रेसलाई जिताउन कम्मर कसेर लाग्नेछौँ।’

तरुण दलका जिल्ला नेता टासी शेर्पाले भने,’हाम्रा जेन-जी र युवा साथीहरू कसैको प्रलोभनमा नफस्नुहोला, एमालेको झुठा आश्वासनको आयु सकिइसक्यो।’

पछिल्लो समय अन्य दलका नेता तथा कार्यकर्ताको कांग्रेसमा प्रवेश गर्ने लहरले दोलखामा कांग्रेस बलियो बन्दै गएको छ ।

अजयबाबु शिवाकोटी दोलखा निर्वाचन

ट्रेन्डिङ ( साप्ताहिक )