Logo
२६ फागुन २०८२, मंगलबार

धादिङ बस दुर्घटनाः गृहले छानबिन समिति गठन गर्ने

अक्षरपाटी
२०८२ फागुन ११ , सोमबार १२:०२ मा प्रकाशित

काठमाडौं । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका ५ मा आइतबार राति भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको छ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस करिब एक बजेतिर भैंसेगौडा क्षेत्रमा त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ।

सोमबार गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीनवटै सुरक्षा निकायका प्रमुख र सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरेको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्।

प्रहरीका अनुसार, घाइतेमध्ये नेशनल अस्पतालमा १० जना र ट्रमा सेन्टरमा १५ जना उपचारको लागि ल्याइएको थियो। ट्रमा सेन्टरमा एक युवकको मृत्यु भएको छ भने १४ जना उपचाररत छन्।

बस दुर्घटना