Logo
१४ असार २०८३, आईतबार

बहस गर्न नसकेपछि एमालेका उम्मेदवार यज्ञराज ढुंगाना खुला बहसबाट बाहिरिए

अक्षरपाटी
२०८२ फागुन १२ , मंगलबार १२:०२ मा प्रकाशित

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ मा आयोजित खुल्ला बहस कार्यक्रम विवादित बनेको छ।

बहसका क्रममा आफ्ना धारणा स्पष्ट रूपमा राख्न नसकेको भन्दै आलोचना भएपछि यज्ञराज ढुंगाना कार्यक्रम स्थलबाट बाहिरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

कार्यक्रममा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले आ–आफ्ना योजना, दृष्टिकोण र प्रतिबद्धता सार्वजनिक गरेका थिए।

मतदाता र नागरिक समाजका प्रतिनिधिहरूले सोधेका प्रश्नमा ढुंगानाले चित्तबुझ्दो जवाफ दिन नसकेको आरोप लागेपछि वातावरण केही तनावपूर्ण बनेको थियो

बहसको उद्देश्य मतदातालाई उम्मेदवारहरूको एजेण्डा र क्षमता बुझाउने रहेको आयोजकले बताएका छन्। अन्य उम्मेदवारहरूले भने बहस अन्त्यसम्म आफ्ना धारणा राखेका थिए।

यसबारे सामाजिक सञ्जालमा समेत विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले यसलाई लोकतान्त्रिक अभ्यासमाथिको कमजोरी भनेका छन् भने केहीले कार्यक्रम व्यवस्थापनमा प्रश्न उठाएका छन्।

निर्वाचन यज्ञराज ढुंगाना