Logo
२६ फागुन २०८२, मंगलबार

प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

अक्षरपाटी
२०८२ फागुन १२ , मंगलबार ०३:०२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारले निर्वाचन अवधिभर मतदातालाई सहज रूपमा मतदानमा सहभागी गराउने उद्देश्यले बिदा दिएको जनाएको छ।

यसअघि गत आइतबार निर्वाचन आयोग ले मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला सरकारले बिदा दिने निर्णय गरेसँगै मतदान व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ।

निर्वाचन सार्वजनिक बिदा