Logo
४ वैशाख २०८३, शुक्रबार

हुम्लाको खार्पुनाथमा कांग्रेस प्रवेशको लहर, एकैदिन २० घरधुरी आबद्ध

अक्षरपाटी
२०८२ फागुन १४ , बिहीबार ०८:०२ मा प्रकाशित

हुम्ला । नेपाली कांग्रेस खार्पुनाथ गाउँपालिकाद्वारा आयोजित चुनावी जनसभामा उल्लेखनीय राजनीतिक गतिविधि देखिएको छ।

जनसभाको अवसर पारेर खार्पुनाथ गाउँपालिकाका २० घरधुरीका करिब ५० जना विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन् ।

दल त्याग्नेमा एमाले, नेकपा,दलित मुक्ति मोर्चा लगायतमा आबद्ध रहेका थिए । गाउँपालिकाको केन्द्र याङचु बजारमा आयोजित सभामा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला तथा स्थानीय तहका नेताहरूले नवप्रवेशीलाई टीका, माला तथा खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस गाउँपालिका कार्य समिति खार्पुनाथका सभापति टक्क शाहीको अध्यक्षता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार जयपति रोकाया, कर्णाली प्रदेश सदस्य पदमबहादुर लामा, कर्णबहादुर रावल, रम्भा शाही, कांग्रेस हुम्ला सभापति मोहनबिक्रम सिंह, उपसभापति बसन्त रोकाया, कोषाध्यक्ष बबिता शाही लगायत जिल्लाका शीर्ष नेताहरूले हुम्लाको विकास, सुशासन र समृद्धिको मार्गचित्र प्रस्तुत गरेका थिए ।

निर्वाचन नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )