Logo
२१ फागुन २०८२, बिहीबार

फेरि पक्राउ परे दुर्गा प्रसाईं

अक्षरपाटी
२०८२ फागुन १७ , आईतबार ०८:०३ मा प्रकाशित

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं लाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो। परिवारका सदस्यका अनुसार बिहानैदेखि घर वरिपरि प्रहरी परिचालन गरिएको थियो र करिब पौने आठ बजे पक्राउ पुर्जी देखाएर उनलाई लगिएको हो।

प्रहरीले ‘सार्वजनिक शान्तिविरुद्धको मुद्दा’ सम्बन्धी अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाएको छ। हाल प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमै राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

यसअघि पनि उनी ४ फागुनमा काठमाडौंबाट पक्राउ परेका थिए। गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेपछि न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले १३ फागुनमा उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

दुर्गा प्रसाईं

ट्रेन्डिङ ( साप्ताहिक )