Logo
२६ फागुन २०८२, मंगलबार

भीमेश्वर ९ का पूर्व अध्यक्ष तामाङसहितको टोली कांग्रेसमा प्रवेश

अक्षरपाटी
२०८२ फागुन १७ , आईतबार ०४:०३ मा प्रकाशित

दोलखा । निर्वाचनको मिति नजिकिँदै गर्दा दोलखामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ। यसै क्रममा आइतबार भीमेश्वर नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी प्रभावशाली नेता तथा कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका छन्।

भीमेश्वर नगरपालिका वडा नम्बर ९, चिसापानीमा आयोजित विशेष कार्यक्रमबीच एमालेका पूर्व वडा पार्टी अध्यक्ष जीतबहादुर तामाङको नेतृत्वमा कांग्रेसमा भित्रिएका हुन् । एमाले त्याग्नेहरूमा जीवन तामाङ, सम्बर तामाङ र निमा दोर्जे तामाङ रहेका छन्।

त्यस्तै रास्वपाबाट लालबहादुर तामाङ र धावासाङ तामाङ पनि कांग्रेसमा प्रवेश गरे। नयाँ पुस्ता (जेन-जी) बाट प्रकाश तामाङसहित अन्य युवाहरू समेत उत्साहजनक रूपमा पार्टीमा आबद्ध भएका छन्।

नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटीले खादा तथा माला लगाएर पार्टीमा स्वागत गरे।

नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट दृष्टिकोण र लोकतन्त्र रक्षाका लागि शिवाकोटी जस्तो जुझारु नेतृत्व आवश्यक रहेको महसुस गर्दै वर्षौँदेखिको पार्टी साइनो तोडेर (रूख) चिह्न रोजेको बताएका छन्।

नेपाली कांग्रेस