Logo
२१ फागुन २०८२, बिहीबार

पहाडी जिल्लामा आज होलीको उल्लास, सार्वजनिक बिदा

अक्षरपाटी
२०८२ फागुन १८ , सोमबार ०८:०३ मा प्रकाशित

काठमाडौँ। रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ। फागु पर्वको अवसरमा सरकारले पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा होली मनाउने परम्परा रहिआएको छ भने तराई तथा भित्री मधेशका जिल्लाहरूमा यो पर्व भोलिपल्ट मनाइन्छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश बोकेर आउने होली प्राचीनकालदेखि मनाउँदै आएको पर्व हो। असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा होली मनाइन्छ।

यस अवसरमा मानिसहरू पुराना तिक्तता र मनमुटाव बिर्सेर आफन्त, साथीभाइ र शुभेच्छुकसँग अबिर तथा रङ साटासाट गर्दै शुभकामना आदानप्रदान गर्ने गर्छन्। होलीलाई आपसी एकता, सद्भाव र सामाजिक समरसताको पर्वका रूपमा लिने परम्परा छ।

तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट विशेष उत्साहका साथ मनाउने गरिन्छ।

होली

ट्रेन्डिङ ( साप्ताहिक )