

अत्तरिया । चुरे गाउँपालिका–३, बसर निवासी नेकपा एमालेका संगठित सदस्यहरू नरुदेवी कामी, देवराज धामी र चक्रबहादुर सिंह पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
उनीहरूलाई कैलाली क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार आनन्द बिष्टले टीका तथा खादा लगाएर स्वागत गरेका हुन्।
कांग्रेस प्रवेश कार्यक्रमका क्रममा नवप्रवेशीहरूले देशमा लोकतन्त्रको सुदृढीकरण र विकासका लागि कांग्रेसको नीति तथा नेतृत्वमा विश्वास व्यक्त गरेका थिए।
उनीहरूले स्थानीय तहमा विकास निर्माण, रोजगारी सिर्जना र जनताको अधिकार सुनिश्चित गर्न आफूहरू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।
उम्मेदवार बिष्टले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै जनताको अपेक्षा अनुरूप काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले क्षेत्र नम्बर ४ मा कांग्रेसप्रति जनविश्वास बढ्दै गएको दाबी गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरे।
स्थानीय राजनीतिक वृत्तमा एमालेका संगठित सदस्यहरूको कांग्रेस प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
निर्वाचन नेपाली कांग्रेस



