Logo
२१ फागुन २०८२, बिहीबार

जेनजी अगुवा मिराज ढुङ्गानाको समर्थन गगन थापालाई

अक्षरपाटी
२०८२ फागुन १८ , सोमबार ०५:०३ मा प्रकाशित

काठमाडौँ । जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्न सर्लाही पुगेका छन् । ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही ४ पुगेका हुन् । 

मिराज त्यस्ता जेन–जी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो । 

माइतीघरबाट शुरू भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी थियो । 

उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेन–जीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले सबैलाई घर फर्कन आह्वान गरेका थिए । 

त्यसयता उनका माग पूरा गर्नलाई अहिलेको जेन–जी सरकारलेसमेत कुनै पहल गरेन । त्यतिमात्र होइन मिराजले प्रधानमन्त्री सुशीला कार्कीलाईसमेत भेट्न पाएनन् । 

उनको टिमलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको थियो । 

गगन थापा निर्वाचन नेपाली कांग्रेस मिराज ढुङ्गाना

ट्रेन्डिङ ( साप्ताहिक )