

काठमाडौं। लोकप्रिय गायक तथा संगीतकार स्वर्गीय बिक्रम राइको पहिलो स्मृति सभा आयोजना गरिएको छ।
सोमबार सम्पन्न स्मृति सभामा नेपाली सांगीतिक छेत्रका दर्जनौँ कलाकारहरुको उपस्थिति थियो। उनकी प्रेमिका अर्जुना राईद्वारा कपनस्थित निवासमा आयोजित स्मृति सभामा गायक गायिकाले स्वर्गीय बिक्रम राइका गीतहरु गाउँदा कार्यक्रम स्थल भावविहल भएका थिए।
कलाकारहरुले गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल राख्ने विक्रमको नेपाली सांगीतिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए।
कार्यकममा उनको स्वर तथा संगीतमा रहेको गीत ‘कुलुलु बग्ने’को भिडियो पनि सार्वजनिक गरिएको थियो।
ईश्वर चामलिंगको शब्द र देबेश राइको एरेन्ज रहेको गीतको भिडियोलाई उनको जीवनकथामा तयार पारिएको छ।
बेदना राई र सरोज खालिंग राइको अभिनय रहेको भिडियोलाई राजेश पुमाले निर्देशन गरेका हुन्।
उत्सव दाहालको सीनेमाटोग्राफी र विकाश धमलाको सम्पादन रहेको भिडियोलाई अर्जुना राईले नै निर्माण गरेकी हुन्।
खोटाङका स्थायी बासिन्दा राइको ३१ बर्षको अल्पायुमै गत बर्ष फागुन १८ गते निधन भएका भएको थियो।
उनी डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय थिए। राईले संगीत भरेको तथा गाएको गीतहरू सयौंको संख्यामा छन्।
गीत-संगीत विक्रम राई



