Logo
२१ फागुन २०८२, बिहीबार

नेकपाका उम्मेदवार विष्फोटक पदार्थसहित पक्राउ

अक्षरपाटी
२०८२ फागुन २० , बुधबार ११:०३ मा प्रकाशित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज कुमार चौधरीलाई विष्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको छ। मंगलबार उनी सवार गाडीबाट शंकास्पद वस्तु बरामद भएपछि चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हरपुरबाट बडनिहारतर्फ जाँदै गरेको बा १० च १२५० नम्बरको गाडी चेकजाँचका क्रममा डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बाकसमा विष्फोटक सामग्री फेला परेको थियो।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा बारा प्रसौनीका २६ वर्षीय सहाव आलम अन्सारी, धनुषाका ३० वर्षीय सुरज कार्की र पर्साका ६८ वर्षीय सत्यनारायण थारु छन्।

उनीहरूमाथि विष्फोटक पदार्थ सम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचन कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

नेपाली कम्युनिष्ट पार्टी पक्राउ

ट्रेन्डिङ ( साप्ताहिक )