Logo
९ वैशाख २०८३, बुधबार

कैलाली–४ मा मतदान गर्न जाँदै गरेका दम्पत्तिमाथि कुटपिट

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०३:०३ मा प्रकाशित

कैलाली । कैलाली क्षेत्र नम्बर ४ अन्तर्गत गोदावरी नगरपालिका–१ मा मतदान गर्न गइरहेका दुई जना मतदातामाथि कुटपिट भएको छ।

स्थानीय जंगबहादुर राना दम्पत्तिमाथि मतदान केन्द्रतर्फ जाँदै गर्दा कुटपिट भएको हो। रानाका अनुसार श्रीमान–श्रीमती सँगै स्कुटीमा चढेर वडा नम्बर १ स्थित घण्टेश्वरी मावि मतदान केन्द्रमा मतदान गर्न जाँदै गर्दा बाटो छेकेर दुई जनाले आक्रमण गरेका थिए।

घटनाबारे थप जानकारी संकलन भइरहेको छ।

निर्वाचन