Logo
१७ वैशाख २०८३, बिहीबार

काठमाडौंका १० क्षेत्रमा आजै मतगणनाको तयारी

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०८:०३ मा प्रकाशित

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणनाको तयारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार बेलुका ८ बजेभित्र सबै मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलमा संकलन गरिनेछ। त्यसपछि समन्वय गरेर मतगणना सुरु गर्ने तयारी गरिएको उनले बताए।

यसपटक काठमाडौंका सबै निर्वाचन क्षेत्रमा सम्बन्धित क्षेत्रमै मतगणना गरिने व्यवस्था गरिएको छ। काठमाडौंमा करिब ६४ प्रतिशत मतदान भएको आकलन गरिएको छ।

निर्वाचन