Logo
२९ साउन २०८३, शुक्रबार

जुम्लामा राप्रपाको अग्रता, ज्ञानेन्द्र शाही अघि

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार १०:०३ मा प्रकाशित

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अग्रता लिएको छ। राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही ले प्रारम्भिक मतगणनामा १३५ मत प्राप्त गर्दै अग्रता बनाएका हुन्।

हालसम्म करिब तीन सय मत गणना हुँदा नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवारले १०३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेस का उम्मेदवार दीपबहादुर शाही ले २५ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार शान्तिलाल महत ले २३ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारले २ मत मात्र पाएका छन् भने १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

५० भन्दा बढी निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणनामा कमजोर देखिएको राप्रपाले जुम्लाबाट पहिलोपटक अग्रता लिएको हो। मतगणना जारी रहेको छ।

ज्ञानेन्द्र शाही राप्रपा