Logo
३ वैशाख २०८३, बिहीबार

काठमाडौं–१ मा रञ्जु दर्शना विजयी

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार १०:०३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा जितको खाता खोलेको छ। काठमाडौं–१ निर्वाचन क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन्।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का उम्मेदवार प्रबल थापा ले ६ हजार ३६४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे।

अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी का उम्मेदवार रवीन्द्र मिश्र ले यसपटक ३ हजार ९७२ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहनराज रेग्मी ले १ हजार ६१८ मत पाएका छन्। नेपाल कम्युनिष्ट पार्टी की मेनुका भण्डारी ले ३४५ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टी का समीर लामा तामाङ ले ४२६ मत पाएका छन्।

यससँगै काठमाडौं–१ मा रास्वपाले महत्वपूर्ण जित दर्ता गरेको छ।

निर्वाचन रास्वपा