Logo
१४ असार २०८३, आईतबार

डडेलधुरामा रास्वपाका जोशीलाई अग्रता, कांग्रेसका महर तेस्रोमा

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार ०१:०३ मा प्रकाशित

डडेलधुरा । डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ताराप्रसाद जोशी प्रारम्भिक मतगणनामा अगाडि रहेका छन्। यो क्षेत्र नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो।

परशुराम नगरपालिका–१० बाट प्राप्त प्रारम्भिक परिणाम अनुसार, जोशीले ४७८ मत पाएका छन्। नेकपाका मानसिंह माल २९२ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेसका नैनसिंह महर २७८ मतसहित तेस्रो स्थानमा छन्। एमालेका चक्रप्रसाद स्नेहीले १५३ मत मात्र पाएका छन्।

निर्वाचन अधिकृतले मतगणना जारी रहेको र अन्तिम नतिजा केही समयमा सार्वजनिक हुने जानकारी दिएका छन्।

डडेलधुरा निर्वाचन