Logo
७ असार २०८३, आईतबार

रोल्पामा वर्षमान पुनको अग्रता कायमै, वली पछ्याउँदै

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार ०३:०३ मा प्रकाशित

काठमाडौं। रोल्पामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वर्षमान पुन अग्रस्थानमा रहेका छन्।

पछिल्लो मतपरिणाम अनुसार पुनले ६५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत पाएका छन्।

त्यस्तै, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १५ मत पाएका छन्।

निर्वाचन वर्षमान पुन