Logo
९ वैशाख २०८३, बुधबार

सुनसरी–१ मा हर्क साम्पाङ विजयी

अक्षरपाटी
२०८२ फागुन २४ , आईतबार ०२:०३ मा प्रकाशित

काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्। उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन्। साम्पाङले तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका हुन्।

यससँगै श्रम संस्कृति पार्टीले अन्य क्षेत्रमा पनि उत्साहजनक परिणाम देखाएको छ। पार्टीकै आरेन राईले खोटाङ–१ बाट विजय हासिल गरेका छन् भने भोजपुर–१ मा पार्टीका ध्रुवराज राई प्रारम्भिक मतगणनामा अग्रता लिइरहेका छन्।

हाल प्राप्त परिणामले श्रम संस्कृति पार्टीको प्रभाव पूर्वी पहाडी तथा तराई क्षेत्रमा विस्तार हुँदै गएको संकेत गरेको छ।

निर्वाचन हर्क साम्पाङ