



काठमाडाैं। आज कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा एवं हिमपात हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो लाग्नेछ र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने सम्भावना छ।
देशमा हाल पश्चिमी वायु उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ।
त्यसैगरी, आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएकाले सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ।
पूर्वानुमान माैसम



