Logo
१५ भदौ २०८३, सोमबार

बाढी प्रभावित क्षेत्रमा भिआईपीको चहलपहल, ऊर्जामन्त्री श्रेष्ठ र शाह त्रिशुली पुगे

अक्षरपाटी
२०८३ भदौ १५ , सोमबार ०२:०८ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बाढीप्रभावित क्षेत्रमै रहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह नुवाकाेटकाे त्रिशुली पुगेका छन्।

बाढी प्रभावित जलविद्युत् आयाेजनाकाे निरीक्षण र ऊद्वार कार्यकाे अपडेट लिन भन्दै मन्त्री श्रेष्ठ त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा पुगेका हुन्। उनी त्यहाँ पुगेर गृहमन्त्री सुधन गुरूङसँगै छलफल गरेका छन्।

सेनाकाे तालिम केन्द्रमा भएकाे छलफलमा मन्त्री श्रेष्ठले उद्धार र राहतबारे जानकारी लएको उनको सचिवालयले जनाएको छ। जलविद्युत् आयाेजनाकाे सुरूङकाे उद्वारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरणबारे जानकारी गराएका थिए।

गृहमन्त्री गुरूङ भने सैन्य तालिम केन्द्रमै बसेर उद्वार कार्यमा समन्वय गरिरहेका छन्।

मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकाेट पुगेका छन्। सैन्य तालिम केन्द्रको छलफल सकेर मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवास्थित जलविद्युत् आयाेजनाकाे उद्वार स्थलकाे निरीक्षणमा जाने कार्यक्रम रहेको छ। त्यहाँ उनले पीडितका परिवारसँग छलफल गर्ने सचिवालयले जनाएको छ।

गृहमन्त्री मन्त्री विराज भक्त श्रेष्ठ सुधन गुरूङ

ट्रेन्डिङ ( साप्ताहिक )