Logo
३१ भदौ २०८३, बुधबार

प्रधानमन्त्री कार्कीद्वारा केपी ओलीका पिताप्रति श्रद्धाञ्जली

अक्षरपाटी
२०८२ चैत्र १ , आईतबार ०६:०३ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको निधनप्रति निवाशमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्की ओली निवाश भक्तपुरको गुन्डु पुगेर शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेकी हुन्। उनी आफ्ना श्रीमान् दुर्गा सुवेदीसहित ओली निवास पुगेकी थिइन्।

सो अवसरमा प्रधानमन्त्री कार्कीले स्वर्गीय मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी हुन्।

सो अवसरमा प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्री ओलीसँग भलाकुसारी गरेकी थिइन्।

केपी ओली सुशीला कार्की

ट्रेन्डिङ ( साप्ताहिक )