



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेकाे आराेप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीकाे टाेलीले भट्टलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट केहीबेर अघि पक्राउ गरेको हाे।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) याेगेन्द्र तिमिल्सिनाले भट्टलाई पक्राउ गरिएको पुष्टि गरे।
भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धि जाहेरी दिएका थिए। साेही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
उनकाअनुसार भट्टलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएको छ। भट्टले मुख्यमन्त्रीमाथि घुस मागेकाे आराेपपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण साेधेकाे थियाे। स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
सुदूरपश्चिम प्रदेश सरकार



