



एजेन्सी। दुई घन्टासम्म बन्द राखिएको संयुक्त अरब इमिरेट्स (यूएई) को आकाश मार्ग (एयरस्पेस) पुन: खुला गरिएको छ।
अमेरिका र इजरायलसँग जारी द्वन्द्वको तेस्रो सातामा पनि इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि सुरक्षा सावधानीस्वरूप यूएईले अस्थायी रूपमा आकाश मार्ग बन्द गरेको थियो। मंगलबारदेखि भने आकाश मार्ग पुन: खुलाइएको हो।
यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबारसम्म वायु प्रतिरक्षा प्रणालीले ३ सयभन्दा बढी ब्यालिस्टिक मिसाइल र १ हजार ६ सयभन्दा बढी ड्रोन रोकेर नष्ट गरेको छ।
आकाश मार्ग यूएई



