Logo
९ वैशाख २०८३, बुधबार

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

अक्षरपाटी
२०८२ चैत्र ४ , बुधबार ०४:०३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनले बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन्। तर, बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। यद्यपि कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षाका लागि बैठक आह्वान गरिएको बताइएको छ।

नेपाली कांग्रेस