



धनगढी । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले आफ्नो टोली घोषणा गरेको छ।
टोलीको कप्तानी शेर मल्ललाई दिइएको छ भने उपकप्तानको जिम्मेवारी किरण ठगुन्नाले पाएका छन्।
घोषित टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित समावेश गरिएको छ। सुदूरपश्चिमले यसपटक अघिल्लो संस्करणको कमजोर प्रदर्शन सुधार गर्दै उपाधि होडमा बलियो चुनौती दिने लक्ष्य लिएको जनाएको छ।
टोलीमा शेर मल्ल र किरण ठगुन्नासहित खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी समावेश छन्।
क्रीकेट खेलकुद शेर मल्ल



