Logo
९ वैशाख २०८३, बुधबार

एनआईसी बैंक र स्तुपा हस्पिटलबीच १५ प्रतिशत छुट सम्झौता

अक्षरपाटी
२०८२ चैत्र १० , मंगलबार ०६:०३ मा प्रकाशित

काठमाडौं। एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच छुट सम्झौता भएको छ।

सम्झौतामा बैंकका ग्राहक तथा स्तुपा स्वास्थ्य सेवाका शेयर होल्डरहरुलाई विभिन्न सेवा छुट प्रदान गरिने उल्लेख छ।

समझदारी पत्रमा बैंकका तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन्।

समझदारीसँगै बैंकका ग्राहकले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने छन् भने स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरुले यस बैंकको क्रेडिट कार्डमा उपलब्ध सेवाहरु प्राप्त गर्नेछन्।

ग्राहकको थप सेवा सुविधाको लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा यस बैंकको एटिएम सेवा संचालन गर्ने समझदारी पत्रमा उल्लेख छ।

ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरताको प्रयास स्वरूप बैंकले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थासँग यो सहकार्य गरेको बैंकका ब्राण्डिङ्ग एण्ड मिडिया डिपार्टमेन्ट प्रमुख धिरेन्द्रप्रसाद वाग्लेले जानकारी दिएका छन्।

एनआईसी एशिया बैंक स्तुपा कम्युनिटी हस्पिटल