



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज प्रधानमन्त्रीका रुपमा शपथ लिँदैछन्।
शपथसँगै उनी देशको इतिहासमा सबैभन्दा युवा प्रधानमन्त्री हुनेछन्। उनलाई प्रधानमन्त्री बनाउन रास्वपाले बिहीबार नै संसदीय दलको नेताका रुपमा सर्वसहमति गरिसकेको छ।
शाह नेतृत्वको सरकारले मन्त्रालयहरुको संख्या सकेत कटाैती गर्ने भएको छ। स्राेतका अनुसार १६ मन्त्रालय मात्रै बनाइने छ।
२०७५ साउन १० मा जारी गरेको कार्यविभाजन नियमावली अनुसार, हाल २१ मन्त्रालय छन्। मन्त्रालय सरहको संरचना समेत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय जोड्ने हो भने यो संख्या २२ हुन्छ।
बालेनको १६ सदस्यीय मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला मन्त्री रहने पनि बालेन निकट स्रोतले जनाएको छ। उनको मन्त्रीमण्डलमा केही मन्त्री जेनजी पुस्ताका पनि रहने पक्कापक्की भएको स्रोतको भनाइ छ।
प्रधानमन्त्री बालेन



