Logo
९ वैशाख २०८३, बुधबार

सन् नेपालका प्रमुख कार्यकारी अधिकृत पक्राउ, यातायात कार्यालयबाट १५ बिचाैलिया प्रहरी फन्दामा

अक्षरपाटी
२०८२ चैत्र १६ , सोमबार ०५:०३ मा प्रकाशित

काठमाडाैं। सन् नेपाल इन्स्युरेन्सका प्रमखु कार्यकारी अधिकृत (सिईओ) पक्राउ परेका छन्।

सोमबार दिउँसाे पुतलीसडकबाट सिईओ राजकुमार अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

उनलाई पक्राउ गर्नुको कारण नखुलाए पनि उनीमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ।

त्यस्तै आजै प्रहरीले एकैपटक १५ जना बिचाैलियालाई पक्राउ गरेकाे छ। यातायात कार्यालय एकान्तकुनाबाट उनीहरुलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेर अनुसन्धान थालेकाे छ।

फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुले सेवाग्राहीलाई दुख दिने गरेकाे गुनासोका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरी यतिबेला हरेक सरकारी कार्यालयमा हुने घुषखाेरी र अनियमितताविरुद्ध अप्रेसन सुरु गरेको छ।

सन् नेपाल इन्स्युरेन्स