Logo
४ वैशाख २०८३, शुक्रबार

लोक बाजाको प्रवर्धनको उद्देश्यसहित एनआईसी बैंकको क्यालेन्डर सार्वजनिक

अक्षरपाटी
२०८२ चैत्र १६ , सोमबार ०८:०३ मा प्रकाशित

काठमाडाैं। एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरुको संरक्षण र प्रवर्धन हुने उद्देश्यका साथ २०८३ सालको क्यालेन्डर सार्वजनिक गरिएको छ।

नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ नेपाली लोक बाजा संग्रहालयको समेत सहयोगमा नयाँ क्यालेन्डर सार्वजनिक गरिएको बैंकका प्रमुख सूचना अधिकारी जयन्द्र रावलले बताए।

बैंकले देशको विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक महत्व भएका लोकप्रिय तथा लोपोउन्मुख बाजाहरु क्यालेन्डरमा समेटेको छ।

बजाउने शैलीसहितका तस्बिरहरु भएको भित्ते तथा टेबल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरिएको हो।

नेपालका विभिन्न समुदायमा रहेका लोक तथा सांस्कृतिक बाजाहरु हाम्रो संस्कृति, परम्परा, पहिचानका प्रतीकका साथसाथै सांस्कृतिक सम्पदा हुन्। बैंकको यस कार्यले यिनीहरुको संरक्षण, प्रवर्धन तथा पुस्तान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

एनआईसी एशिया बैंक