Logo
६ वैशाख २०८३, आईतबार

बजारबाट २५ अर्ब बराबरको तरलता उठाउँदै राष्ट्र बैंक

अक्षरपाटी
२०८२ चैत्र १८ , बुधबार १०:०४ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट थप २५ रुपैयाँ बराबरको तरलता उठाउने भएको छ।

बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो।

चैत १५ गते ४० अर्ब तानेको बैकले पुनः ३९ दिनका लागि २५ अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो। बैंकले छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो।

विभिन्न विशेषता एवं शर्तहरु कायम गरी निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो।

निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ बैशाख २७ गते हुने बैंकले जनाएको छ।

तरलता राष्ट्र बैंक