Logo
१७ वैशाख २०८३, बिहीबार

सिर्जना बुढामगर प्रकरण : दोषीमाथि निश्पक्ष कारबाहीको माग

अक्षरपाटी
२०८२ चैत्र १८ , बुधबार ११:०४ मा प्रकाशित

नेपालगञ्ज। नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा २२ वर्षीया सिर्जना बुढामगर मृत अवस्थामा फेला परेकाे घटनालाई लिएर अल्पसंख्यक सिमान्तकृत अधिकार संरक्षण मञ्च, बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार राति करिब साढे ११ बजे घरबाहिर जलेको अवस्थामा सिर्जनाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतककी चार वर्षीया छोरी समेत रहेको बताइएको छ।

मञ्चका अध्यक्ष कौशल कुमार धोवीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सुरक्षा व्यवस्था सुदृढ बनाउन पनि आग्रह गरेका छन्।

प्रहरीले सिर्जनासँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका २४ वर्षीय आरिफ ढपाली, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

अल्पसंख्यक सिमान्तकृत अधिकार संरक्षण मञ्चले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

मञ्चले शंकास्पद गतिविधिबारे जानकारी पाएमा सम्बन्धित निकायलाई तुरुन्त खबर गर्न पनि नागरिकलाई अपिल गरेको छ।

नेपालगन्ज सिर्जना बुढामगर