



काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका गुण्डागर्दीविरुद्ध सर्चअप्रेसनलाई तीव्र बनाएको छ।
शुक्रबार रातभर गरेको सर्चअप्रेसनका क्रममा विभिन्न स्थानबाट १९५ जना शंकास्पद व्यक्ति र गुण्डागर्दीमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ।
परिसरका अनुसार गुण्डागर्दी, ठगी तथा बिचौलियाका रुपमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल र बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
यस्तै प्रहरीले सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई पक्राउ गरेर अनुसन्धान थालेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हिजै पक्राउ गरेको हो।
गुण्डागर्दी पक्राउ प्रहरी



