Logo
१४ वैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेशको वन मन्त्रीमा शिवराज भट्ट नियुक्त

अक्षरपाटी
२०८२ चैत्र २३ , सोमबार ०४:०४ मा प्रकाशित

धनगढी । बैतडीबाट प्रदेश सभामा निर्वाचित नेपाली काङ्ग्रेसका सांसद शिवराज भट्ट सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई मन्त्री नियुक्त गरी त्यससम्बन्धी जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेका छन्।

उक्त मन्त्रालय असारदेखि रिक्त रहेकाले त्यसको जिम्मेवारी मुख्यमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए। नवनियुक्त मन्त्री भट्टले आज साँझ ५ बजे सपथ लिने कार्यक्रम रहेको छ।

बैतडी प्रदेशसभा क्षेत्र नं. २ बाट निर्वाचित भट्ट यसअघि कानुन मन्त्रीको जिम्मेवारीमा रहेका थिए। संसदीय दलको बैठकले आज भट्टलाई मन्त्री बनाउने निर्णय गरेको हो।

सुदूरपश्चिम