Logo
४ वैशाख २०८३, शुक्रबार

खेलकुदमन्त्री पोखरेलद्धारा फाप्लाको निरीक्षण

अक्षरपाटी
२०८२ चैत्र २४ , मंगलबार ०५:०४ मा प्रकाशित

धनगढी । शिक्षा विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फाप्ला क्रिकेट मैदान तथा खेलग्रामको निरीक्षण गरेका छन् । 

मंगलबार बिहानै मैदानमा पुगेका मन्त्री पोखरेलले फाप्लाको निरिक्षण गरेका हुन ।

सो क्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्र वर्तमान सरकारको प्राथमिकतामा रहेको बताए । ‘खेलकुद हाम्रो प्राथमिकतामा नै छ,’ उनले भने, ‘स्टेडियम निर्माण पनि प्राथमिकतामा छ । त्यसका लागि स्रोत कसरी जुटाउन सकिन्छ भन्ने विषयमा हामी छलफलमै छौं ।’

सुदूरपश्चिममा खेलकुदभित्र पनि क्रिकेट बढी लोकप्रिय भएकाले फाप्ला निर्माणका लागि पनि स्रोत जुटाउने प्रयासमा सरकार रहेको मन्त्री पोखरेलले बताए । अर्थ मन्त्रालय नेपाल क्रिकेट संघ, खेलकुद परिषद् लगायतका निकायसंग खेलकुद मन्त्रालय छलफलमा रहेको मन्त्री पोखरेलले बताए ।

बुधबार गेटामा पहिलोपटक बस्न लागेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठकका लागि मन्त्री पोखरेल सुदूरपश्चिम आएका हुन् ।

धनगढी फाप्ला

ट्रेन्डिङ ( साप्ताहिक )