



काठमाडौं । देशका विभिन्न ठाउँमा आज मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार, सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।
कोसी र वाग्मती प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरू, मधेस प्रदेशसहित तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरू, कोसी र वाग्मती प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरू, मधेस प्रदेशसहित तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ, मौसमविद् लामिछानेले बताए ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । आजदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाउन उनले अनुरोध गरे ।
मौसम



