


काठमाडौं । मार्भलस इङ्ग्लिस बोर्डिङ स्कुल (MEBS) ले विद्यार्थी परिषद्त तथा विभिन्न क्लबका नेतृत्वकर्ता र सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयका शैक्षिक निर्देशक केशव लम्सालले प्रशिक्षण गरेको कार्यक्रममा कक्षागत क्याप्टेन, सहायक क्याप्टेन, अनुशासन इन्चार्ज तथा विद्यार्थी परिषद् र क्लबका सदस्यहरूलाई नेतृत्व विकास, अनुशासन, जिम्मेवारीबोध, टिमवर्क, सेवाभाव तथा असल विद्यार्थी बन्न आवश्यक गुणबारे प्रशिक्षण दिएका थिए।
प्रशिक्षणका क्रममा लम्सालले प्रभावकारी नेतृत्वले विद्यालयको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने उल्लेख गर्दै विद्यार्थीहरूले अनुशासन, सकारात्मक सोच, जिम्मेवारी र सेवाभावलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई विद्यालयमा नेतृत्वदायी भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न प्रेरित गर्दै आगामी कार्यकाल सफल, सिर्जनशील र उदाहरणीय बनाउन शुभकामना व्यक्त गरिएको विद्यालयले जनाएको छ।
केशव लम्साल मार्भलस इङ्ग्लिस स्कुल

