Logo
११ असोज २०८३, आईतबार

हर्क साम्पाङद्वारा ‘रेस्क्यु एण्ड हेल्प फाउन्डेसन’ घोषणा

अक्षरपाटी
२०८२ चैत्र ३० , सोमबार १०:०४ मा प्रकाशित

काठमाडौं। श्रम सँस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सामाजिक सेवाका लागि नयाँ अभियानको घोषणा गरेका छन्।

उनले देशका गरीब नागरिकहरूको उपचार, बेघरलाई आवास, अनाथ बालबालिकाको साहारा तथा पुनःस्थापना, तथा दुर्गम क्षेत्रमा खानेपानी र पुल निर्माणका लागि ‘हर्क साम्पाङ रेस्क्यु एण्ड हेल्प फाउन्डेसन’स्थापना गर्ने घोषणा गरेका हुन्।

धरानको नगरप्रमुखमा निर्वाचित भएपछि श्रमदानबाटै धरानबासीलाई खानेपानी पुर्याएका उनको यो सामाजिक क्षेत्रका लागि नयाँ कदम हो।

उनले फाउन्डेसनले विपन्न र पहुँचविहीन नागरिकलाई लक्षित गर्दै स्वास्थ्य, आवास र आधारभूत पूर्वाधार विकासमा सहयोग गर्ने बताएका छन्।

श्रमदानमार्फत खानेपानी, उद्यान, बृक्षाराेपणलगायत विकासका विभिन्न उदाहरण प्रस्तुत गर्दै आएका साम्पाङको यो नयाँ अभियानले सामाजिक क्षेत्रमा थप आशा जगाएको छ।

हर्क साम्पाङ

ट्रेन्डिङ ( साप्ताहिक )