



एजेन्सी। अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता सकारात्मक हुन नसकेपछि क्षेत्रीय तनाव झन चुलिने देखिएको छ।
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरान केन्द्रित सैन्य आक्रमण गर्ने तथा स्ट्रेट अफ अर्मुजमा नौसैनिक शक्तिले नाकाबन्दी गर्ने विकल्पबारे विमर्ष सुरु गरेपछि तनाव झन बढ्ने संकेत देखिएको हो।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार आइतबार यी विकल्पहरूबारे उच्चस्तरीय छलफल भएको छ। जसको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरेका थिए।
इरानले आफ्नो परमाणु कार्यक्रम त्याग्न अस्वीकार गरेपछि अमेरिका र इरानबीचको पाकिस्तान वार्ता निष्कर्षविहीन बनेको बताइएको छ। इरानले भने अमेरिकाकाे एकाेहाेराे सर्त मान्न नसकिने बताउँदै आएको छ।
ठूला स्तरको बमबारी अभियानको विकल्प खुला राखिए क्षेत्रीय अस्थिरता बढ्ने चिन्ता र लामो युद्धमा फस्न नचाहने अमेरिकी नीतिका कारण यसको सम्भावना कम रहेको बताइएको छ।
यसैबीच, बढ्दो तनावको प्रत्यक्ष असर विश्व बजारमा परिसकेको छ। कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै सोमबार प्रति ब्यारेल १०० डलर नाघेको छ।
अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी गर्ने तयारी गरेपछि मूल्यमा झन उछाल आएको हो।
इरानबाट हुने तेल निर्यात पूर्ण रूपमा अवरुद्ध हुनसक्ने आशंकाले लगानीकर्ताहरू चिन्तित बनेका छन् भने विश्वभरका उपभोक्ता महंगाे मूल्य चुकाउन बाध्य भएका छन्।
अमेरिका–इरान तनाव


