



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पित्तथैलीमा रहेको ढुंगा सफल शल्यक्रियामार्फत निकालिएको छ।
डा. पलेस्वाँ जोशी लाखे को नेतृत्वमा रहेको चिकित्सक टोलीले करिब २२ एमएम आकारको ढुंगा शल्यक्रियाबाट हटाएको अस्पताल स्रोतले जनाएको छ।
शल्यक्रिया सम्पन्न भएपछि ओलीलाई निगरानीका लागि आईसीयूमा सारिएको छ र उनी हाल अस्पतालमै उपचाररत रहेका छन्।
यसअघि जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामा पक्राउ परेका ओलीलाई स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
उनकी पत्नी राधिका शाक्य ले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेपछि अदालतले अनुसन्धान निश्चित समयभित्र टुंग्याउन आदेश दिएको थियो।
सर्वोच्च अदालत ले दिएको आदेशअनुसार अनुसन्धान समयमै पूरा नभएपछि प्रहरीले ओलीलाई शर्तसहित रिहा गर्दै उनकी पत्नीको जिम्मा लगाएको थियो।
रिहा भए पनि स्वास्थ्य अवस्थाका कारण उनलाई अस्पतालमै राखी शल्यक्रिया गरिएको हो।
केपी शर्मा ओली नेकपा एमाले



