Logo
४ वैशाख २०८३, शुक्रबार

धनगढीका ‘उत्कृष्ट विद्यालय’लाई उपमहानगरद्वारा सम्मान

अक्षरपाटी
२०८३ वैशाख १ , मंगलबार ११:०४ मा प्रकाशित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ वटा विद्यालयलाई सम्मान गरेको छ । १० वटा सामुदायिक र १५ वटा संस्थागत विद्यालयलाई सम्मान गरिएको हो । 

शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य सफलता प्राप्त गर्ने विद्यालयहरूलाई सोमबार एक विशेष समारोहका बिच पुरस्कृत गरिएको हो । 

सम्मानित हुनेहरूमा वेहडावावा मावि, शारदा मावि, सिद्धार्थ मावि, सर्वोदय मावि , इन्द्रोदय मावि, पञ्चोदय मावि र शारदा मावि देवरिया रहेका छन् । यस्तै, सम्मानित हुनेमा जनप्रिय मावि, ठेकराज मावि र चन्द्रोदय मावि पनि रहेका छन्।

त्यसैगरी, उत्कृष्ट नतिजा ल्याउने १५ संस्थागत विद्यालयमा सिद्धार्थ विद्या मन्दिर, मयूर स्कुल, गुरुकुल, जेसिज एभरेस्ट, ग्लोबल मोडर्न पब्लिक स्कुल, पञ्चकोटी विद्या निकेतन, नन्दिनाज एकेडेमी, अपि विद्या निकेतन, गोल्डेन ज्योति, केदारनाथ विद्या निकेतन, सिद्धार्थ इन्टरनेशनल, दरबार स्कुल, ग्यालेक्सी मावि र डिलाइट रहेका छन् ।

परम्परागत सम्मानभन्दा फरक ढङ्गले ब्यान्ड बाजासहित गरिएको यो सम्मानले विद्यालय, शिक्षक र विद्यार्थीहरूमा थप उत्साह थपेको छ । 

नगर प्रमुख गोपाल हमालले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउन र शैक्षिक वातावरण सुदृढ पार्न यस्तो कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले उपनगरपालिकाको यो कदमले आफूहरूलाई थप जिम्मेवार बनाएको र आगामी शैक्षिक सत्रमा अझै राम्रो नतिजा ल्याउन प्रेरणा मिलेको बताए । 

ट्रेन्डिङ ( साप्ताहिक )