Logo
३० वैशाख २०८३, बुधबार

‘धनगढी पश्चिम नेपाल’को रिमेक सार्वजनिक

अक्षरपाटी
२०८३ वैशाख ६ , आईतबार १२:०४ मा प्रकाशित

काठमाडाैं। सुदूरपश्चिम भाषा र शैली टिपेर दशकभन्दा अघि निर्माण गरिएको ‘धनगढी पश्चिम नेपाल’ बोलको गीत रि-मेक गरिएको छ।

सुदूरपश्चिमको आञ्चलिकता झल्कने शब्द र शैलीको गीतमा गायक तथा संगीतकार भीम बिसी र गायिका प्रेरणा सिंहको आवाज सुन्न सकिन्छ।

नयाँ पुस्ता र पुराना दर्शकलाई लक्षित गर्दै तयार पारिएको रिमेक गीतका शब्द भने प्रविन कुमार बिसीका हुन्। पुरानाे भर्षन र नयाँ दुबैमा संगीत भने गायक भीम बिसीकै छ।

गीतलाई थप कर्णप्रिय बनाउन संगीत संयोजन उदयराज पाैडेलले गरेका छन्। ‘आफ्नो मन’ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ मनोज परियारले गरेका छन्।

सुदूरपश्चिमको सांस्कृतिक झल्कने, स्थानीय भाषा, शैली र भेषभूषा र सुदूरपश्चिमको माैलिकतालाई गीतले न्याय गर्न सकेको देखिन्छ।

रिमेक गीतले पुरानो सम्झना ताजा मात्रै बनाउने होइन नयाँ स्वादसहित प्रस्तुत गरिएकाले नेपाली संगीतप्रेमीहरूले मन पराउने विश्वास गीतकार बिसीले व्यक्त गरे।

नेपाली संगीतमा करिब दुई दशकदेखि सक्रिय भीमले यसअघि सयाैँ गीतमा संगीत भरेका छन् भने दर्जनाै गीतमा आवाज दिएका छन् भने उनी कुशल शब्द सर्जक पनि हुन्।

भीम र एलिना चाैहानको युगल स्वरमा रहेको काेरोना कालमा ल्याइएको ‘ऐना हेरी हेरी’ बोलको गीत निकै चर्चित भएको थियो।

त्यस्तै सरमै भो, अन्त नजर, परानी, भुली सारा यादहरु, नजरैको तीर, अपुरो हुन्छु लगायत गीत निकै चर्चामा छन्।

धनगढी पश्चिम नेपाल प्रेरणा सिंह भीम बिसी

ट्रेन्डिङ ( साप्ताहिक )