अक्षरपाटी विशेष
त्यसैपरे सातादिनमा दर्जनभन्दा बढी गीतमा काम गरिसक्छन् भीम बिसी ।
हरेक साता रिलिज हुने गीत, संगीतमा उनी कतै न कतै जोडिएका हुन्छन्।
प्राय संगीतकारका रुपमा । नभए संगीत संयोजन गरेर त कहीँ कतै रचनाकारका रुपमा ।
उनको स्वरको माधुर्यताको जादुले नलठ्ठिने त झन सायदै होलान ।
यो सब उनको संगीत साधनमा खर्चिएको करिब करिब दुई दशकको परिणाम हो ।
यहाँसम्म आइपुग्न भीमको संगीत यात्रा त्यति सहज र सजिलै भने थिएन ।
एक आम नेपालीभन्दा उनी भूगोल, वर्ग, जात र अवसरले सीमान्त क्षेत्रमा हुर्किएका संगीत साधक हुन ।
हो बालकाल दुःखैमा बित्यो । कतिसम्म भने रहर बोर्डिङ स्कुल पढ्ने थियो । अवस्थाले सरकारी स्कुल पढ्नु पर्यो ।
साथीभाइ सबै बोर्डिङ स्कलु पढ्न जान्थे, भीम वाशुदेवी माध्यमिक विद्यालयको पोशाक लगाएर साथीभाइ पढ्ने बोर्डिङ स्कुल जान्थेँ ।
अहिलेका चर्चित युवा संगीतकार÷गायक तथा गीतकार भीम बिसी बालकालमा बोर्डिङ पढ्न नपाएको रहर साथीले पढ्ने बोर्डिङ स्कुलको गेटमा दिनभर बसेर मेटाउँथे । लाउन खानको दुःखलाई उनले कहिल्यै सम्झेनन् ।
रहर एकातिर वाध्यता अर्कैतिर भएपछि उनी केही बरालिए । नौ कक्षा पढ्दापढ्नै उनलाई बासुदेवी स्कुलले निकालिदियो । एसएलसी उनले फूलबारी माध्यमिक विद्यालय फुलबारीबाट गरे ।
धनगढीको सारदा विद्या निकेतनबाट प्लस टु गरेपछि मनमा दमित बनेर बसेको सपनाले उचाल्न थाल्यो । एक कक्षादेखि नै विद्यालय, गाउँघरका कार्यक्रममा गाउने उनी अब आफ्नो कला र गला देश, विदेशले चिनोस भन्ने सपना गुन्न थाले ।
निकै चर्चित बन्ने रहर र सपना थियो भीम बिसीका सुकुमार आँखाहरुमा ।
त्यसबेला राम्रो रेकर्डिङ स्टुडियो समेत नभएको धनगढीमा त्यो सपना सम्भव थिएन ।
स्नातक पढ्ने निहु बनाएर भीम राजधानी छिरे । भिनाजुले काटिदिएको टिकटले बस चढेर । साथमा एउटा पुरानो गिटार थियो ।
केही दिन दाइभाउजुको आश्रयमा बसेँ । त्यहाँ सहज लागेन उनी कोठाबाट निस्किए । कहाँ जाने कता जाने कुनै ठेगान थिएन ।
नयाँ बसेरा र नयाँ जोरजाम नहुँदासम्म भीमले तीन सातासम्म एउटै ड्रेसमा बिताए । अहिले गाडी चढेर हुइँकिने गीतकार, संगीतकार र गायक भीमको संघर्षको कथा सुनीरहुँ लाग्छ ।
पढाइप्रति पनि मोह भएकाले आरआरमा भर्ना भए, हातमुख जोर्न उनी ललितपुरको एक रेष्टुरेन्टमा ‘अलराउन्डर’ कामदार बने ।
कामबाट राति फर्किँदा घरबेटीले ढोकै नखेलिदिएपछि उनका कैयौँ रात बीर अस्पतालको पेटीमा बितेका छन् ।
तर यी सबै कारणहरुले उनले हार मानेनन, आफूभित्रको जुनन जो थियो, चर्चित र नामी संगीतकर्मी बन्ने। त्यसले सँधै जितिरह्यो ।
र त आज उनलाई संगीत कर्म गरेरै गाडी चढ्न पुगेको छ ।
पश्चिमा रहँदा धनगढी पश्चिम नेपालले त्यस भेगमा राम्रै चिनिएका भीम पछिल्लो समय कोरोना कालमा रचनाकार शिवराज योगीका शब्दमा बनेको ऐना हेरी हेरी गीतले निकै माथि उक्लिएको अनुभूति सुनाउँछन् । त्यसपछि त्यही शैलीका गीतको माग बढिरहेको उनी सुनाउँछन् ।
राजधानी आएर पहिलो गीत रेकर्ड गराउँदा बम्बैमा रहेका दाइ हरिषले पाँच हजार पठाएर उनको संगीत यात्रालाई प्रेरित गरेको उनी बिर्सँदैनन् ।
धनगढीबाट आउँदा साथी बनेको पुरानो गिटार बेचेर रेकर्ड गराएको ‘कस्तो नाता जोड्यौ’ बोलको गीत उनका लागी प्रिय उत्तिकै छ ।
दुख, हन्डर र धोका त कति सहे कति । फिल्म मेकरहरुले नै उनको संगीतमाथि चिटिङ गरे ।
तर संघर्षले उनको संगीत यात्रा मात्रै खारिएन, अनुभवले पनि परिपक्व बनायो । सँधै सरल, सहज र आफूलाई आम मान्छे ठान्ने भीमको एउटै चाहना छ, नेपाली संगीतलाई सबैले माया गरिदिउन् ।
गीत भीम बिसी संगीत