Logo
९ वैशाख २०८३, बुधबार

रामराज्य चाहनेले नैतिक साहस देखाउनैपर्छ : सुधन गुरुङ

अक्षरपाटी
२०८३ वैशाख ९ , बुधबार ०३:०४ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा दिँदै आफूमाथि उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

बुधबार राजीनामा दिँदै उनले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको उल्लेख गरे। गुरुङले आफ्नो नाम जोडिएको विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पदबाट अलगिएको स्पष्ट पारेका छन्।

“मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्, पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुनेगरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,” उनले भने।

उनले छानबिन प्रक्रियामा सघाउन तयार रहेको जनाउँदै परिवर्तनका लागि सबैले सत्य, इमानदारी र आत्मशुद्धिको बाटो अपनाउनुपर्ने बताएका छन्। “यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ,” उनले भने।

गुरुङले थप्दै भने, “रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।”

सुधन गुरुङ

ट्रेन्डिङ ( साप्ताहिक )